आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

प्रचण्डलाई ओलीको प्रश्न : एउटा सांसद र नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्‍यो ?

बिहीबार, २१ वैशाख २०८०, १५ : १९
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउबारे छलफल भएको छ 

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबीच कुराकानी भएको हो । त्यसक्रममा अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा नेता रायमाझीको संलग्नताबारे चासो राखेका थिए ।

जवाफमा प्रधानमन्त्रीले उक्त प्रकरणमा रायमाझीको संलग्नता भेटिएको बताएका थिए । प्रधानमन्त्रीको भनाइ सुनेपछि ओलीले दोषी भए कारबाहीका लागि सहयोग गर्ने तर निर्दोष फस्न नहुने बताएका थिए ।  

‘दोषी उम्काउने हाम्रो प्रयास होइन तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ,’ एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि सिंहदरबारमा सञ्चारकर्मीसँग भने ।

पूर्वप्रधानमन्त्री ओलीले भुटानी शरणार्थीलाई अमेरिकामा सेटलमेन्ट गर्नेबारे अमेरिकी सरकारसँग भएको सहमतिअनुसार केहीबाहेक सबै अमेरिका पुगेको समेत बताएका छन् । बाँकी रहेकाहरूको सन्दर्भमा के गर्ने भन्नेबारे आफू प्रधानमन्त्री हुँदा छलफल भएको उनको भनाइ छ । 

भुटानी शरणार्थीबारे ओलीले भने, ‘त्यतिबेला भुटानमै फर्काउने वा नेपालमै राख्ने भन्नेबारे समेत कुराकानी र छलफल हो ।’ उनले पछि नक्कली शरणार्थी खडा गर्ने कोसिस भएको आफूले जानकारी पाएको भन्दै त्यसबेला तत्कालीन गृहमन्त्री र अनुसन्धानका प्रमुखलाई बोलाएर यसबारे सचेत गराइएको समेत जानकारी दिए । 

४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गरेका छन् । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने एमालेका अध्यक्ष ओलीसंग बारे कुनै छलफल नभएको दाबी सञ्चारकर्मीसँग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप