आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक्स रे मा जब शरीर भरी देखियो जुकाको अण्डा

बिहीबार, २१ वैशाख २०८०, १७ : ०४
बिहीबार, २१ वैशाख २०८०

ब्राजिलका एक डाक्टरले आफ्नो सोसल मिडियामा एउटा एक्स–रे सार्वजनिक गरेका छन् । एक्स रे कस्तो थियो भने एक जना व्यक्तिको शरीर भरी जुका (टेपवर्म) को अण्डा देखिएको छ । त्यो पनि क्याल्सिफाइड (ढुङ्गाजस्तो) अवस्थामा । 

साओ पाउलोस्थित हस्पिटल दास क्लिनिकास इन बाटुकाटुका डाक्टर भिटोर बोरिन डे साउजाले अघिल्लो हप्ता एक जना बिरामीको एक्स रे ट्विटरमा पोस्ट गरे । उनले आफ्ना फलोअर्सलाई उक्त तस्बिरमार्फत जुकाको सङ्क्रमण कतिसम्म भयानक हुनसक्छ भनेर देखाउन खोजेका थिए ।  डाक्टरका अनुसार उनको शरीरको मध्य भाग र पाखुरामा देखिएको सेतो स–साना दाग जुकाको क्याल्सिफाइड अण्डा हो ।

तर एक्स रे जति भयानक देखिएको छ, त्यसको जोखिम भने खासै नभएको ती डाक्टर बताउँछन् । लगातार खोकी लागेर जँचाउन गएका ती बिरामीलाई ती अण्डाबाट खासै समस्या छैन किनभने ती सबै ढुङ्गा जस्तै भइसकेका छन् । यी अण्डाले ती व्यक्तिको स्वास्थ्यमा खासै समस्या निम्त्याउने नभए पनि यसले ब्राजिलको सोसल मिडियामा भने धेरै नै चर्चा बटुल्यो ।

‘यी अण्डा ढुङ्गाजस्ता भइसकेका छन् । यदि यसले केही असुविधा निम्त्याएन भने जीवन मज्जाले चल्छ,’ डा. डे साउजाले भने । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप