आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट संघीय संसदमा दुई सचिव नियुक्त

बिहीबार, २१ वैशाख २०८०, १७ : ३०
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभा (संघीय संसद्) मा दुई सचिव नियुक्त गरेका छन् । 

सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई राष्ट्रपतिले नियुक्त गरेका हुन् । 

दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले बिहीबार जानकारी दिएका छन् । उनीहरूको आइतबार शपथ हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप