आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री किराती भन्छन्–शरणार्थी र आर्थिक संकट ओली सरकारको उपहार

बिहीबार, २१ वैशाख २०८०, २१ : १४
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शरणार्थी र देशको आर्थिक संकट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् । 

बुद्ध जयन्तीको  तयारीका लागि लुम्बिनी पुगेका मन्त्री किरातीले ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्धि लक्षित कार्यक्रमभन्दा पनि राज्य कोषको दोहन र भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहित गरेको दाबी गरेका हुन् । 

मन्त्री किरातीले भने, 'दुर्गममा जनता सिटामोल खाना पाउँदैनन् । ओली सरकारले पहाडहरू भत्काएर भुरे टाकुरे टावर ठडाएर  कार्यकर्तालाई भ्रष्टाचार गर्न मात्रै प्रेरित गरेनन् प्राकृतिक श्रोत र रैथाने संस्कृतिहरू समेत धाेस्त पारे ।' 

मन्त्री किरातीले शरणार्थीको फाइल सुन प्रकरण जस्तो नहुने पनि दाबी गरे ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप