शंकर कँडेलको मृत्यु प्रकरण : यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग
बिहीबार, २१ वैशाख २०८०, २१ : ४६
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
चितवन भरतपुर महानगरपालिका–८ का कँडेल आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए ।
उक्त घटनाका दोषी पक्राउ गर्न प्रशासनले कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।