आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

बिहीबार, २१ वैशाख २०८०, २२ : १०
बिहीबार, २१ वैशाख २०८०

नयाँ दिल्ली । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।” 

छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए । दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ । 

स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप