आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद

शुक्रबार, २२ वैशाख २०८०, ०७ : १७
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रनको योगदान गरे । उनले ३५ बलको सामना गरी १ छक्का र ४ चौका पनि हिर्काए । कप्तान नितिष राणाले ४२ रन बनाए । ३१ बलको सामना गरेका नितिषले ३ छक्का र ३ चौका प्रहार गरे ।

कोलकाताका लागि आन्द्रे रसेलले पनि २४ रन बनाए । ओपनर जासन रोय २० रन बनाउँदै पेभेलियन फर्किए । यसदेखि वाहेक अनुकुल रोयले (अविजित १३ रन) मात्र दोहोरो सँख्यामा रन बनाउन सके । हैदराबादका बलर मार्को जन्सन र थांगारासु नटरंजनले २-२ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादका लागि कप्तान आइडेन मरक्रमले सर्वाधिक ४१ रन बनाए । हेनरिच क्लासेनले ३६ रन जोडे । अब्दुल समादले २१ रन बटुले । राहुल त्रिपाठी २० रनमा आउट भए । ओपनर मायांक अग्रवालले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

हैदराबादले अतिरिक्त रुपमा १४ रन पाएको थियो । कोलकाताका बलर वैभव अरोरा र सार्दुल ठाकुरले २÷२ विकेट लिए । उक्त खेलमा कोलकाताका वरुण म्यान अफ दि म्याच घोषित भए । उनले १ विकेट लिएका थिए ।

हालसम्म १० खेल खेलेको कोलकाता ८ अंकसहित आठौं स्थानमा छ । हैदराबाद भने ९ खेलबाट ६ अंक जोड्दै तालिकाको नवौं स्थानमा आसिन छ । ९ खेलबाट १२ अंक बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप