आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापाबाट ११ लाख बराबरको भन्सार छलीको सामान बरामद

शुक्रबार, २२ वैशाख २०८०, १५ : १६
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । प्रहरीले झापाबाट करिब ११ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । पूर्वबाट पश्चिमतिर आउँदै गरेको भारतीय नम्बर डब्लुबी–७३ ए ४२६६ नम्बरको ट्रकबाट भन्सार छलीको सामान बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ कालीखोलाबाट ट्रकमा लोड गरेको स्मार्ट मोबाइल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र ३ हजार ७८० थान गम्छा  बरामद गरेको छ । सो सामानको मूल्य १० लाख ९० हजार मुल्यांकन गरिएको छ । 

ट्रक चालक भारतीय नागरिक ३८ वर्षीय निरन्जन रायले  भन्सार कार्यालयमा छिरेर एक दिनको भन्सार काटेर निस्किएका थिए । सामान सहित ट्रकलाई मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको एसपी रेग्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप