सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)
घाइतेको मेडिसिटीमा उपचार सुरु

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)

शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरूलाई राजधानीकाठमाडौँ ल्याइएको छ । हेलिकोप्टर चालक सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी ल्याइएको हो । 

उनीहरूलाई हेलिकोप्टरबाट सिधै ललितपुरको मेडिसिटी अस्पताल लगिएको हो । उनीहरुको उपचार सुरु भइसकेको अस्पतालले जनाएको छ ।

 उक्त दुर्घटनामा परेका भविन गुरुङको भने मृत्यु भएको छ । यसैगरी अर्का एक जनाको खाँदवारी अस्पतालमा उपचार भइरहेको छ । सिम्रिक एयरको हेलिकोप्टर शुक्रवार दिउँसो भोटेखोला गाउँपालिकामा दुर्घटना भएको हो ।

तस्बिरहरुः सुवास श्रेष्ठ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया