ओलीबाट प्रधानमन्त्री बन्ने अफर नआएको रवि लामिछानेको भनाई
शुक्रबार, २२ वैशाख २०८०, २० : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको दाबी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न कुनै अफर नगरेको दाबी गरेका हुन् ।
उनले पार्टी सरकार बनाउने या ढाल्ने खेलमा नलाग्ने बताए । तर अस्थिरता हुने अवस्था आएमा भने पार्टी चुप बस्न नसक्ने स्पष्ट पारे ।