आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा सात वर्षमा ३० बाघ मरे

शनिबार, २३ वैशाख २०८०, ०९ : १४
शनिबार, २३ वैशाख २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्  । आर्थिक वर्ष २०७२-०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७२-०७३ मा एक, २०७३÷०७४ मा चार, २०७४-०७५ मा छ, २०७५-०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६-०७७ मा तीन, २०७७-०७८ मा दुई र २०७८-०७९ मा छ वटा बाघ मृत भेटिएका थिए ।

चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए ।

निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप