आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अख्तियारको छानबिनसँगै कलङ्की-बल्खु सर्भिस लेन स्तरोन्नति अलपत्र, बन्यो पार्किङस्थल
फोटोफिचर

अख्तियारको छानबिनसँगै कलङ्की-बल्खु सर्भिस लेन स्तरोन्नति अलपत्र, बन्यो पार्किङस्थल

शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । कलङ्कीको खसीबजारदेखि बल्खुको सुमो पार्कसम्मको १३०० मिटर लामो सर्भिस लेन अहिले ठुला गाडीका लागि पार्किङ गर्ने स्थान बनेको छ । बेस नराम्रो भएको भन्दै भत्काएर स्तरोन्नति गर्ने प्रक्रिया सुरु भएसँगै अनियमितताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि अहिले यहाँको काम ठप्प भएको छ ।

अख्तियारले कुनै समस्या नभईकनै कमिसनको चलखेलमा सडक भत्काएको आशङ्कामा छानबिन सुरु गरेकाले यसको सम्पूर्ण काम बन्द भएको सडक डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए । ‘अहिले यो विषयमा अख्तियारले छानबिन गरिरहेको छ । त्यसैले हामीले काम रोकेका छौँ,’ निहुरेले रातोपाटीलाई भने ।

चिनियाँ सरकारको सहयोगमा बनेको चक्रपथको मुख्य लेनमा कुनै पनि समस्या नरहेको तर नेपाल आफैले बनाएको सर्भिस लेनमा भने समस्या आएको भन्दै सडक भत्काउन सुरु गरेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

करिब ३ वर्ष अघि चक्रपथ सुधार आयोजनाले कलङ्कीको खसीबजारमा रहेको भाटभटेनी सुपरमार्केटदेखि बल्खु चोकसम्म देब्रेतर्फको सर्भिस लेन करिब ३४ करोड रुपैयाँमा निर्माण गरेको थियो । त्यस समयमा निर्माण गरिएको १७०० मिटर सडक मध्ये अहिले १३०० मिटर क्षेत्र खनिएको छ । बेस फेल भएको भन्दै सडक खन्दा अहिले यहाँ बाटो काट्ने यात्रु हिँड्ने त साइकल चलाउनको लागि प्रयोग हुने गरेको छ । अझ केही ठुला मालवाहक ट्रक पनि यही लेनमा पार्क हुने गरेका छन् । ३ वर्षमै बेस फेल भएको र आवधिक मर्मत गर्नको लागि सडक डिभिजन कार्यालयले १३ करोड ८२ लाख रुपैयाँमा नयाँ ठेक्का वर्ल्ड वाइड पीआर एसके जेभीलाई दिइसकेको पनि थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया