आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

शनिबार, २३ वैशाख २०८०, १६ : ०७
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । चौधौँ अधिवेशनको पहिलो बैठक अपराह्न ४:०० बजे बस्ने तालिका रहेको छ ।

संघीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा  राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन्।

त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस्" भन्ने प्रस्ताव पेस गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप