आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, २३ वैशाख २०८०, १६ : ०८
शनिबार, २३ वैशाख २०८०

ताप छ हृदयभित्र तर अङ्गार कालो छ
तिमी छ्यौ चन्द्रमा, र त संसार उज्यालो छ ।

फूल चुँडी फ्याँक्ने हैन, म त साँच्ने गर्छु सधैँ
दिनु पो माया लानेको त अहङ्कारको जालो छ ।

धुनै त हो मन छुने भन्लान् कोही महाज्ञानी
पोखूँ के हृदयका गीत, अपार सँगालो छ ।

विश्वभरि खोजूँ शक्ति साहस तिम्रै आड
सारा बैरीसँग लड्ने तरबार अँगालो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सचेत बस्नेत
सचेत बस्नेत
लेखकबाट थप