थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २३ वैशाख २०८०, १६ : ५७
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।