आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजा चार्ल्स तृतीयको राज्याभिषेकमा को–को भए सहभागी ? (तस्बिरहरू)
फोटोफिचर

राजा चार्ल्स तृतीयको राज्याभिषेकमा को–को भए सहभागी ? (तस्बिरहरू)

शनिबार, २३ वैशाख २०८०

लण्डन । राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन विश्वका धेरै देशका राजपरिवारका सदस्यदेखि नेताहरु बेलायत पुगेका छन् ।

स्पेनका राजा फिलिप छैटौँ, मोनाकोका राजकुमार अल्बर्ट पनि यहाँ देखिएका छन्। राजा अब्दुल्लाह द्वितीय र जोर्डनकी महारानी रानिया पनि कार्यक्रममा सहभागी भएका छन् । 

वेस्टमिन्स्टर एबेमा आउने आगन्तुकहरूको सूचीमा केटी पेरी र लियोनेल रिची सहित सिनेमा र संगीतको संसारका हस्तीहरू समावेश छन्। त्यस्तै राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकाकी प्रथम महिला जिल बाइडेन त्यहाँ पुगेका छन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद पनि लण्डनमै छन् ।

राजा चार्ल्स तृतीयको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया