आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा प्रादेशिक नीति संवाद तथा युवा महोत्सव हुँदै

शनिबार, २३ वैशाख २०८०, १९ : १०
शनिबार, २३ वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक नीति संवाद तथा युवा महोत्सव हुने भएको छ । युवालय नामक संस्थाले आइतबार र सोमबार युवा महोत्सव गर्न लागेको हो । 

बालबालिका, किशोर÷किशोरी तथा युवा क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको उक्त संस्थाले विशेषगरी युवाहरुको पक्षमा रहेर काम गर्ने गरेको छ । सोही अनुसार कर्णालीमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो । 

युवालयले राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णालीको सामाजिक विकास मन्त्रालयसँगको समन्वय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा महोत्सव गर्न लागेको संस्थाका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए । 

वित्तीय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराइ उक्त क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने मुख्य उद्देश्य महोत्सवको रहेको उनले बताए । 

‘युवाहरूको अर्थपूर्ण सहभागितामा युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैङ्गिकतामा आधारित हिंसा, यौन, प्रजनन स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालन गर्ने ध्येय रहेको छ,’ उनले भने,‘ महोत्सवमा कर्णालीका १० वटै जिल्लाका युवाहरुको सहभागिता गराइने छ ।’

महोत्सवमा कर्णाली क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरण दलित अधिकार अभियानका बारेमा चर्चा गरिने पनि उनले बताए । 

यस्तै, महोत्सवमा मन्त्रालय मातहत निकाय, गैरसरकारी तथा निजी संघ संस्था, मिडिया लगायत विभिन्न निकायसँग सर्वपक्षीय बैठक तथा समन्वय, प्रादेशिक नीति संवाद एवम् युवा भेला, युवामैत्री खेल क्रियाकलाप तथा अभिमुखीकरण, कर्णाली प्रदेश अन्तर्गत कार्यरत विभिन्न संस्था स्टल प्रदर्शनी वा रोजगार तथा विभिन्न सन्देश मूलक जानकारीहरु एकै स्थानबाट प्रेषित युवा सम्बन्धित विषयहरूमा अभिमुखीकरण, सचेतना र अवसरमूलक कार्यक्रमको आयोजना, छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटेर घोषणा पत्र तयारी तथा सार्वजनिकीकरण छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटी तयार गरिएको घोषणा पत्रलाई सम्बन्धित मन्त्रालय तथा प्रदेश योजना आयोगमा हस्तान्तरण गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप