आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकलाई आर्थिक संकटबाट जोगाउन उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छः पोखरेल

आइतबार, २४ वैशाख २०८०, ०७ : ४९
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उत्पादनशील क्षेत्रको विकासबाट नै रोजगारीका अवसरहरु सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न सक्ने उनको भनाइ छ । 

‘साँच्चै मुलुकलाई आर्थिक संकटबाट जोगाउने हो भने आयतमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, उत्पादनशील क्षेत्रको विकासवाट नै रोजगारीका अवसरहरु सिर्जना हुन्छन् र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न पुग्दछ ।’

आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा बढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत बिचलन भएको उनको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप