आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'माननीय सकिएपछि भुटानी शरणार्थी बन्न जाने हो कि'

आइतबार, २४ वैशाख २०८०, १७ : ५८
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भुटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरीकन कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् । 

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले माननीय सकिएको दिनबाट आफू पनि भुटानी शरणार्थी बन्न जाने हो कि ? भन्दै व्यङ्ग्य गरे ।  

उनले पूर्वमाओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले माया गरेको नभई सचिवहरू जोगाउन लागेको आशंका आफूलाई लागेको उल्लेख गरे । उनले यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताए । उनले दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताए । 

सदस्य रायमाझीले दोषीमाथि कानूनअनुसार कारबाही हुनुपर्ने माग गरे ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप