सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनोरथको गजल ‘तिम्रो यादमा’ सार्वजनिक

आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । मनोरथ कटेल ‘नन्दु’ को शब्द रहेको गजल ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । गायक योगेश काजी शाहको स्वर तथा संगीत गीतमा छ । 

गीतको एरेन्ज पनि गायकले नै गरेका हुन् । प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरह गजलमा राखिएको छ । गीतको भिडियोमा पनि गायक योगेश नै देखिएका छन् ।

अनिल के मानन्धरको निर्देशन रहेको भिडियोमा निर्देशककै छायांकन तथा दिप्सन शाहको सम्पादन छ । गीतकार मनोरथले यस अगाडि आमा र कहाँ पुगे साथीभाइ बोलका गीत ल्याएको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया