सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रचना र चेतनको ‘कुपिण्डे तालैमा...’मा सल्यानको पर्यटकीयस्थलको प्रवर्द्धन

सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार चेतन राईको नयाँ एल्बम ‘स्टेज’ सार्वजनिक गरेका छन् । 

आधुनिक शैलीका आधा दर्जन गीतहरु रहेको एल्बममा सल्यानको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुपिण्डे तालैमा...’ बोलको गीत समेत राखिएको छ । 

जसको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा सल्यानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेत देखाइएको छ ।

गीतमा गायक राईलाई गायिका रचना रिमालले स्वरमा साथ दिएकी छन् । गायक राईकै शब्द तथा राई र सूर्य रुम्वाको संगीत रहेको गीतमा मनोज थापा मगरको संगीत संयोजन छ ।

भिडियो फराज अर्पणले निर्देशन गरेका हुन् । भिडियोमा नेहा तामाङ, अभिलाषा सिंह, मनिषा बस्नेत, संयम सिंह, नविन थापा, आभाष भट्टराई, प्रकाश लामिछाने, प्रितिका सिंह लगायत कलाकारको अभिनय छ ।

सल्यान जिल्लालाई चिनाउने उद्देश्यले गीत तथा भिडियो बनाएको गायक राईले बताए । 

राईका यस अगाडि एक दुई तीन रमाइलो छ यो दिन, तिमी धुन बन म गीत गाउँछु, नाम्चे बजार, मरेर के लानु छ लगायत गीत लोकप्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया