सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
‘निर्णायक मोड’ मा विश्व !
फोटोफिचर

‘निर्णायक मोड’ मा विश्व !

मङ्गलबार, २६ वैशाख २०८०

मस्को । रुसको राजधानी मस्कोमा कडा सुरक्षाबीच ‘भिक्ट्री डे परेड’ को आयोजना गरिएको छ । परेडलाई सम्बोधन गर्दै राष्ट्रपति भ्लादिमीर पुटिनले विश्व ‘निर्णायक मोड’ मा रहेको र ‘वास्तविक युद्ध’ रुसविरुद्ध लडिरहेको बताए ।

राष्ट्रपति पुटिनले रुसले आफ्नो ‘सम्प्रभुता’ को रक्षा गरिरहेको दाबी गरे । उनले युक्रेनको सरकारको तुलना नाजी सरकारसँग गर्दै पश्चिमा देशहरूलाई नाजीहरूलाई कसले हराएको थियो भनेर नभुल्न चेतावनी दिए ।

यस दौरान पुटिनले सेनालाई सम्बोधन गर्दै भने, ‘हाम्रो लागि सेनाप्रतिको मायाभन्दा ठुलो कुरा विश्वमा केही पनि छैन ।’ उनले रुसको कारबाहीलाई ‘विशेष सैन्य अपरेसन’ बताउँदै सेनाप्रति गर्व रहेको जिकिर गरे । राष्ट्रको रूपमा रुसको भविष्य उनीहरूमाथि निर्भर रहेको पनि उनले बताए । उनले सबै जना ‘हिरो’ हरूको समर्थनमा एकजुट भएको पनि दाबी गरे ।

‘यो युद्धले जसले हाम्रो देशको भविष्य तय गर्नेछ, यो हाम्रो लागि राष्ट्रिय महत्त्व हो,’ रेड स्क्वेयरमा आयोजित कार्यक्रममा पुटिनले भने, ‘सबै जना तपाईंहरुका लागि प्रार्थना गर्दैछन् । 

हेर्नुहोस् परेडका तस्बिरहरूः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया