समाचार
झापामा गोली चल्यो, दुईजना घाइते
मङ्गलबार, २६ वैशाख २०८०, २२ : २७
झापा । झापाको दमकमा प्रहरीले गोली चलाएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरले निकालेको राँके जुलुसमा गोली चलाउँदा दुईजना प्रदर्शनकारी घाइते भएका छन् ।
दमकमा भएको झडपमा गोली चल्दा दुईजना घाइते भएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । प्रहरीतर्फ ५ जना घाइते भएका छन् ।