आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृह सचिवमा दिनेश भट्टराई, विनोद सिंह प्रधानमन्त्री कार्यालयमा सरुवा

बुधबार, २७ वैशाख २०८०, १४ : १५
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । सरकारले गृह सचिवमा दिनेश भट्टराईलाई जिम्मेवारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका भट्टराईलाई गृहमा सरुवा गरेको हो ।

हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । निवर्तमान गृहसचिव टेक नारायण पाण्डेलाई यसअघि सरकारले उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको थियो । 

पाण्डेको उपराष्ट्रपति कार्यालयमा सरुवा भएपछि सिंहलाई गृहमा पठाईएको थियो । पाण्डे अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि प्रहरी हिरासतमा छन् । सिंहले गृहमा करिब सात महिना काम गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप