आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्युटी एन्ड द बिस्ट : यी सुन्दर महिला बडीबिल्डरलाई धेरैले भन्छन् ‘नक्कली’

बुधबार, २७ वैशाख २०८०, ११ : ५१
बुधबार, २७ वैशाख २०८०

‘अनुहार हेरेर कसैलाई चिन्न सकिँदैन’ । यो भनाई भ्लादिस्लाभा गलागनका लागि ठ्याक्कै मेल खान्छ । उनको अनुहार हेरेर कसैले पनि उनी बडीबिल्डर हुन् भनेर कल्पनै गर्न सक्दैन । तर उनको निकै सुन्दर अनुहार र उत्कृष्ट मस्कुलर बडीका कारण चिन्नेहरूले उनलाई ‘केन्डल जेनर अन स्टेरोइड’ र ‘रियल लाइफ सी हल्क’ भन्ने गर्छन् । 

रसियामा जन्मिएकी भ्लादिस्लाभा २७ वर्षकी भइन् । फिटनेस मोडलको रूपमा चर्चित हुन उनलाई अनुहारको सुन्दरता र मस्कुलर बडीले सहयोग गरेको छ । सामाजिक सञ्जालमा उनका हजारौँ प्रशंसक छन् तर उनलाई शङ्का गर्नेहरूको पनि कमी छैन । मानिसको ध्यान आकर्षित गर्न फोटोलाई प्राविधिक रूपमा सच्याएको र आफूलाई सुन्दर देखाउन आर्टिफिसियल इन्टेलिजेन्सयुक्त उपकरणको सहयोग लिएको आरोप उनीमाथि लाग्ने गर्छ ।

Vladislava Galagan1‘मानिसहरूले मेरो शरीरलाई फोटोसप गरिएको भन्छन् किनभने उनीहरूलाई विश्वास नै छैन कि म जस्तो राम्री देखिने युवती यति बलिया हुन्छन् भनेर,’ उनले भनिन् । मलाई धेरैले ‘केन्डल जेनर अन स्टेरोइड’ भनेको सुनेकी छु ।’

रसियाको तेम्सुकमा जन्मिएकी भ्लादिस्लाभा ११ वर्ष अघि जिम जान थालेकी हुन् । त्यसपछि उनलाई जिमको लत नै बस्यो । उनी अहिले हप्तामा ६ पटक तौल उचाल्छिन्, प्रत्येक सेसनमा ९० मिनेटको वर्क आउट गर्छिन् । दिनमा चार पटक खाना खान्छिन् । उनको खाना विशेष गरी प्रोटिनले भरिपूर्ण हुन्छ जस्तै बिफ, अण्डा, टर्की, चिकेन र माछा । 

Vladislava Galagan2भ्लादिस्लाभाले आफ्नो शरीरलाई सुगठित बनाउन औषधीको प्रयोग गरेको स्वीकार गरिन् । तर उनले यो म्याजिक पिल नभएको बताउँदै यो खाएपछि कडा मेहनत गर्नु नपर्ने र डाइटिङ गर्नु नपर्ने भन्ने हुँदैन भनेकी छिन् । सुपर ह्युमनजस्तोे देखिने शरीर बनाउने मेरो इच्छालाई यसले मार्ग प्रशस्त मात्रै गरेको छ ।’

vladislava galagan3उनी हाल प्रागमा बस्छिन् । फोटोलाई एडिट गरेर यस्तो बनाएको हो भन्ने आरोपमा उनी भन्छिन्, ‘यो वंशाणुगत नै हो ।’

Vladislava Galagan4‘म मस्कुलर छु र राम्री छु । यो असाध्यै राम्रोसँग बिक्री हुने सम्मिश्रण हो । धेरैले यसलाई फोटोसप भन्ने गर्छन् तर वास्तवमा यस्तो होइन,’ उनले भनिन् ।

Vladislava Galagan5vladislava-galagan

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप