आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेमिट्यान्स बढेसँगै बढ्यो विदेशी मुद्राको सञ्चिती, ११ महिनाको आयात धान्न सक्ने

बुधबार, २७ वैशाख २०८०, १२ : २२
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ ।  रेमिट्यान्स आप्रवाह वृद्धि भएसँगै देशको भण्डारमा विदेशी मुद्राको सञ्चितीमा समेत व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै १७.९ प्रतिशतले विदेशी मुद्राको सञ्चिती बढेको जानकारी दिएको हो ।

यससँगै, केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । जबकी, २०७९ असार मसान्तसम्ममा यस्तो सञ्चिती जम्मा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिती २०७९ को असार मसान्तसम्ममा ९ अर्ब ५४ करोड थियो ।

चैत मसान्तसम्मको अवधिमा १४.८ प्रतिशतले बढेर अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिती १० अर्ब ९४ करोड पुगेको छ । कूल विदेशी सञ्चिती मध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यो २०.६ प्रतिशते वृद्धि हो ।

विदेशी मुद्राको सञ्चितीले नेपालको ९.४ महिनाको वस्तुतथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, यो रकमले ११ महिनाको आयात धान्न सक्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप