आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

सभामुखलाई टोपबहादुरको पत्र : म बिरामी छु

बुधबार, २७ वैशाख २०८०, १४ : ३८
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भागेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको बताए ।

बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन् ।  एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । रायमाझी कहाँ छन् भन्ने बारेमा प्रहरीले भने हालसम्म पत्ता लगाउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप