आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एक्सनमा गृहमन्त्री

भ्रष्टाचारीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको उद्घोष

बुधबार, २७ वैशाख २०८०, १७ : २१
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने उद्घोष गरेका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । 

श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए । उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे । 

‘हाम्रो देशमा अरु थुप्रै  समस्याहरु छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नुपर्छ । ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरुलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ’, उनले भने, ‘भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताए । 

गृहमन्त्रीकै चासोमा प्रहरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न हाइप्रोफाइलसहित १२ जनालाई पक्राउ गरिसकेको छ । यो प्रकरणमा बुधबारमात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप