जसपा संसदीय दलको नेता चयन गर्न कार्यदल गठन
बुधबार, २७ वैशाख २०८०, १७ : ०६
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको नेता चयन गर्न कार्यदल गठन गरिएको छ । तीन सदस्यीय कार्यदलको सदस्यमा अर्जुन थापा, मिथलेस सिंह र दीपेन्द्र झा रहेका छन् । यसअघि जसपाको संसदीय दलको नेतामा राम सहाय यादव थिए ।
राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो दलको संसदीय दलको नेता पद खाली रहँदै आएको छ । बारा–२ बाट अध्यक्ष उपेन्द्र यादव चुनाव जितेर आएपछि पार्टीले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको हो ।
जसपाका संसदीयको नेता यादव बन्ने पक्कापक्की छ । तैपनि कानुनी प्रक्रिया पुरा गर्न कार्यदल गठन गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।