आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराती

बुधबार, २७ वैशाख २०८०, १७ : ०८
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री किरातीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने स्पष्ट पारेका हुन् । 

उनले भने – ‘भ्रष्टाचार विरुद्धको अभियान राज्यले सुरु गरेको छ । आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । भ्रष्टाचारविरुद्धको यो अभियान रोकेर रोकिँदैन । जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ । जसले लगाउन खोज्छ त्योमाथि पनि प्रश्न उठ्छ । जनताको अगाडी दूधको दूध पानीको पानी हामीले हाम्रो भूमिका देखाउनुपर्छ । सरकार डगमगाउनु हुँदैन । मलाई लाग्छ सरकार ढल्दैन । यो सरकार जसले भ्रष्टाचारको विरुद्धमा जेहाद छेडेर जान्छ । त्यसलाई जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ । त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन ।’ मन्त्री किरातीले पशुपतिमा निःशुल्क शव जलाउने प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप