आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कानुनी दायरामा ल्याउन जसपाको माग

बुधबार, २७ वैशाख २०८०, १७ : २७
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

जसपाको कार्यकारी समितिको बैठकपछि रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न रहेका सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।  त्यसका लागि जसपा हरेक प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

वर्तमान सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कदमले जनतामा आशा जगाएको यादवले बताए । उनले भ्रष्टाचारको विरुद्धमा अझ सशक्त रूपमा लाग्नुपर्नेमा पनि जोड दिए । 

आज बसेको पार्टीको बैठकले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनमा जोड दिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप