आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ह्वाट्सएप अब स्मार्टवाचमा पनि उपलब्ध हुने

बिहीबार, २८ वैशाख २०८०, ०८ : ४०
बिहीबार, २८ वैशाख २०८०

काठमडौँ । ह्वाट्स एपले प्रयोगकर्ताको अनुभवलाई हरेक दिन राम्रो बनाउँदै गएको छ । पहिले ह्वाट्स एपलाई प्रयोगकर्ताहरुले फोन, ट्याबलेट र डेस्कटपमा मात्र प्रयोग गर्न पाउँथे, अब भने यसलाई स्मार्टवाचमा चलाउन पाउनेछन् ।

रिपोर्टका अनुसार ह्वाट्स एप अब गुगलको वेयर अपरेटिङ सिस्टमसँग कम्प्याटिबल रहेको छ । वाबेटाइन्फोका अनुसार ह्वाट्स एपको स्मार्टवाच एप अब उपलब्ध छ, जसबाट प्रयोगकर्ताहरु कनेक्ट रहन सक्छन् र आफ्नो स्मार्टवाचबाट सिधै च्याट र म्यासेज गर्न सक्छन् ।

रिपोर्टमा गुगल प्ले स्टोरमा उपलब्ध एन्ड्रोयड २.२३.१०.१० का लागि ह्वाट्स एप बेटा इन्सटल गरेपछि फिचर सीमित प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यो विशेष गरेर वेयर ओपरेटिङ सिस्टमका लागि कम्प्याटिबल हुन सूचीकृत गरिएको छ । वेयर एन्ड्रोयड अपरेटिङ सिस्टम हो जसलाई स्मार्ट वाचका लागि डिजाइन गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप