आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

बिहीबार, २८ वैशाख २०८०, १० : १०
बिहीबार, २८ वैशाख २०८०

दैलेख । दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो । 

भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ । 

भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी डा चापागाईले बताए ।

दैलेखको आठविस–६ माल्या जङ्गलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप