सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘समयले जुरायो’ मा श्रीदेव र अनु

बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । गायक शिव परियार र मिना नेपालीको स्वर रहेको गीत ‘समयले जुरायो’ सार्वजनिक भएको छ । गीतमा प्रमोद भट्टराई ‘प्रतीक’को शब्द, सरोज कोइरालाको संगीत छ ।

गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनु शाहको अभिनय छ । दुई प्रेमीको कथा देखाउन खोजिएको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया