आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेप्से

परिसूचक खुम्चँदै गएपछि लगानीकर्तामा देखिएन उत्साह, कारोबार आधा अर्बमा खुम्चियो

बिहीबार, २८ वैशाख २०८०, १५ : १८
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताको उत्साह समेत घट्दै गएको छ । आज कारोबार सुरु भएदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३४ अंकले खुम्चिएको छ । यो लगातार दोस्रो दिनमा आएको गिरावट हो ।

परिसूचक निरन्तर खुम्चिँदै गएपछि कारोबार रकम समेत खुम्चन थालेको छ । आज नेप्सेमा जम्मा ५७ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । यो न्यून कारोबार हो । खासगरी, नेप्से परिसूचक निरन्तर घटेर १८३८ अंकमा आइपुगेपछि लगानीकर्ताको उत्साह नै घटेको हो ।

यसक्रममा आज २१ लाख कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ०.१८ अंकले घटेको दिन ६४ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १३८ वटा कम्पनीको सेयर मूल्य घट्दा १४ वटाको भने स्थिर कायम छ ।

यसक्रममा आज सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेको छ भने फ्लोट परिसूचक ०.२१ अंकले र सेन्सेटिभ फ्लोट परिसूचक ०.२६ अंकले खुम्चिएको छ । नेप्से परिसूचक ३ अंकले घट्दा कारोबारमा आएका १३ मध्ये ३ समूहमाचाँही वृद्धि देखिएको छ ।

आज बैंक समूह ०.६२ अंकले बढ्दा जीवन बीमा समूह १.७२ अंकले बढेको छ । यस्तै, म्यूचुअल फण्ड समूहमा ०.०६ अंकको वृद्धि आएको छ । यो अन्य समूहमा आएको गिरावटको तुलनामा न्यून वृद्धि हो । कारोबारमा आएका १३ मध्ये १० समूह भने घटेका छन् ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ । यस्तै, फोरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.९९ प्रतिशतले घटेको छ । यसक्रममा आज नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप