आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल र गाजाका लडाकूबीचको युद्ध अन्त्य गर्न आग्रह

बिहीबार, २८ वैशाख २०८०, १९ : ५०
बिहीबार, २८ वैशाख २०८०

बर्लिन । इजिप्ट, फ्रान्स, जर्मनी र जोर्डनका विदेशमन्त्रीले इजरायल र गाजाका लडाकूबीच तीन दिनदेखि जारी हिंसा अन्त्य गर्न बिहीबार आह्वान गरेका छन् ।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले आफ्ना समकक्षीसँगको वार्तापछि भनिन्,“रक्तपात अब अन्त्य हुनैपर्छ ।”

जोर्डनका विदेशमन्त्री अयमान सफादीले पनि नकारात्मक घटनाक्रमको अन्त्य हुनुपर्ने र शान्ति पुनस्र्थापना गर्नुपर्ने बताए । 

सफादीले ‘स्थितिलाई शान्त पार्नु’ र दीर्घकालीन शान्तिका लागि राजनीतिक विश्वास जगाउने उपायहरू सिर्जना गर्नु अत्यावश्यक भएको बताए ।

केही महिनायताकै सबैभन्दा खराब हिंसात्मक झडपका कारण प्यालेस्टाइनमा २५ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले मङ्गलबारदेखि गरेको हवाई आक्रमणमा लडाकुका साथै कैयौँ बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

गाजा पट्टीमा लडाकूहरूले इजरायलमाथि ५०० भन्दा बढी रकेट प्रहार गरेको र अहिलेसम्म कुनै हताहत नभएको इजरायली सेनाले जनाएको छ ।

इस्लामिक जिहाद लडाकू समूहले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलमा स्थानीय समयअनुसार बिहान ९ः०० बजे फेरि रकेट प्रहार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप