आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आलिशानमा गुन्जिए यश कुमार

बिहीबार, २८ वैशाख २०८०, २१ : ३०
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिए । लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ–पुराना गीत गाएर दर्शक झुमाए । 

साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए । ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना  हिट सेन्टिमेन्टल गीतहरु हिजो अर्कैसँग देखेँ..., म आफ्नै इनार बनाउँछु..., बिरानो यो मन्दिरमा..., तिम्रो मन बदलिएछ...गाए । त्यसपछि डान्सिङ नम्बरमा प्रवेश गर्दै दर्शक नचाए । उनले ‘तुल्सी आँगनमा रोपौला... र तिमीलाई कुनै पल...गीत गाउँदा दर्शकले ‘वान्स मोर’को हुटिङ लगाए । ‘आलिशानमा यो मेरो पहिलो प्रस्तुति थियो, दर्शकहरुको अप्रत्याशित प्रेम पाएँ,’ यश खुसी सुनिएँ । 

आलिशानले अब हरेक महिना यसैगरी सेलिब्रेटी साँझ गर्ने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले बताए । ‘कोभिडपछि हाम्रो सेलिब्रेटी साँझ कार्यक्रम रोकिएको थियो । अब आलिशानमा हामी हरेक महिना प्रिय कलाकारहरुसँगै झुम्नेछौं,’ थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप