आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेपत्ता भएको ११ दिनपछि शव फेला

शुक्रबार, २९ वैशाख २०८०, १० : ३८
शुक्रबार, २९ वैशाख २०८०

तनहुँ । तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो । 

गुरुङ वैशाख १७ गते बेलुकीदेखि हराइरहेकामा बिहीबार बिहान सुदेखोला सात बिसे सामुदायिक बनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको भिरबाट लडेर १११ फिट तल खसेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । 

घाँस काट्न भनेर गएका उनी हराएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप