आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको अग्रसरता अस्वभाविक : कमल थापा

शुक्रबार, २९ वैशाख २०८०, १६ : ०४
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले सो विधेयक निस्क्रिय भैसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष थापाले भनेका छन्, ‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित छ । सो विधेयक निस्क्रिय भैसकेको छ । आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप