दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमय काठमाडौं (फोटोफिचर)
काठमाडौँ । पछिल्ला दिनमा भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई उच्च राजनीतिक संरक्षणमा त्यसै छाडिने हो कि भन्ने आशंका व्याप्त छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुकै नाम जोडिएपछि जनमानसमा यस्तो चिन्ता, चासो र आशंका प्रकट भइरहेका छन् । यसैक्रममा विभिन्न राजनीतिक दल, दलका भ्रातृ संघ संगठन, नागरिक समाजलगायतले सरकारलाई दवावस्वरुप दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गर्दै प्रदर्शन भइरहेका छन् ।
यसैक्रममा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले भुटानी शरणर्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा भेला भएर वाइसीएलका नेता कार्यकर्ताले नयाँवानेश्वरसम्म र्याली निकालेका छन् । त्यस्तै अखिल क्रान्तिकारीले पनि विरोध कार्यक्रमको आयोजना गरेको छ भने एमाले निकट अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेको छ ।