परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच ढाकामा साइडलाइन वार्ता
शुक्रबार, २९ वैशाख २०८०, २० : ०८
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शुक्रबार बंगलादेशको ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको हो ।
शुक्रबारदेखि ढाकामा सुरु भएको ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी भएका उनीहरूको साइडलाइनमा भेटवार्ता भएको हो ।
भेटघाटमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्धको सहकार्यबारे छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।