आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिबाट सताइएका अरमानले बलिउड छाड्दै

शनिबार, ३० वैशाख २०८०, ०७ : ११
शनिबार, ३० वैशाख २०८०

मुम्बई । गायक अरमान मलिकले बलिउडमा भइरहेको राजनीतिबारे खुलेर कुरा गरेका छन् । अरमानले चलचित्र क्षेत्र छोड्ने निर्णय पनि गरेका छन् । उनले बलिउडका गायकहरूले चलचित्रमा गीत गाउँदा पारिश्रमिक नपाउने तथा गीत हिट भयो भने गायकले लाइभ शो मार्फत कमाइ गर्ने निर्माण पक्षको अनुमान रहने उनको भनाई छ ।

गायकले यो पनि खुलासा गरे कि उनी बिना कारण अन्तिम क्षणमा उनका गीतहरू बदलिन्थे, जसले उनलाई धेरै चोट पुर्‍याएको उनको जिकिर छ । यी सबै कुराबाट दिक्क भएर अब अरमानले बलिउड म्युजिक इन्डस्ट्री छोड्दैछन् । यी सबै छोडेर उनी आफ्नो संगीतमा ध्यान दिन चाहन्छन् ।

राज शामनीको पोडकास्टमा अरमानले उनी धेरै पटक रिप्लेस हुनुपरेको खुलासा गरे । उनले भने- 'मेरो जीवनको त्यो फेज थियो, जब प्रोजेक्टहरूबाट  मेरो ठाउँमा अन्यलाई राखिन्थ्यो । यी सबै कुराबाट बाहिर निस्कनुपर्छ भन्ने लागेको छ ।’

उनले भने, ‘यी सबै कुराले मलाई निकै डर पैदा गर्‍यो म सोच्न थालेँ– के म राम्रो गायक होइन ? तर म गायकको रूपमा कस्तो छु भन्नेमा म ढुक्क छु।’ न्युजिल्यान्डमा केही समय बिताएपछि अब यो माहोलबाट बाहिर आएर आउन चाहेको अरमानले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप