आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा चाँडै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं

शनिबार, ३० वैशाख २०८०, ११ : २७
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको दाबी गरेका छन् । शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताएका हुन् । 

उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्न भन्ने कम्पनीमा वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरे । उनले भन्नुभयो, ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रूपमा पेमेण्ट भएको छ । एस्कोडा ट्रेडिङ कन्सर्न भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ । मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’ व्यवसायी प्रसाईंले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताउनु भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप