सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
टुँडिखेलमा साकेलाको रौनक, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

टुँडिखेलमा साकेलाको रौनक, तस्बिरमा हेर्नुहोस्

शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । किराँत राईहरूले काठमाडौँमा साकेला पर्व (उभौली) को अवसरमा भव्य कार्यक्रम गरेका छन् । शनिबार राई समुदायले काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी साकेला पर्व मनाएका हुन् । सो पर्वका अवसरमा मिठा मिठा परिकार खाने, आफन्तजनसँग भेटघाट गर्ने र विभिन्न प्रकारका नृत्यहरु समेत प्रदर्शन गर्ने गरिन्छ । यो वर्ष वैशाख पूर्णिमा २२ गते परेपनि राई समुदायले शनिबार कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नागरिक तथा पर्यटनमन्त्री सुदन किराँती समेत सहभागी रहेका थिए । 

किराँत राईहरूले उभौली (वैशाख पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा) मा साकेला पर्व मनाउने गर्छन् । किराँतहरुको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पतिसँगै यो चाड मानिँदै आएको किंवदन्ती छ।  सो समुदायले बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली (साकेला) पर्व मनाउने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया