आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गजा पट्टीमा इजरायल र इस्लामिक जिहादबीच सङ्घर्ष विराम, अमेरिकाद्वारा स्वागत

आइतबार, ३१ वैशाख २०८०, १० : ०८
आइतबार, ३१ वैशाख २०८०

गजा पट्टीमा इजरायल र इस्लामिक जिहादका लडाकुबीच भएको सङ्घर्ष विरामको अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले सङ्घर्ष विराम गराउनका लागि इजिप्टको प्रयासको पनि प्रशंसा गरेको छ ।

पाँच दिनसम्म चलेको हिंसापछि यो सङ्घर्ष विराम भएको हो । यो हिंसामा हालसम्म ३५ जना मारिएका छन् जसमध्ये एकजना बाहेक सबै प्यालेस्टिनी थिए ।

दुवै पक्षबीच भएको सम्झौता अन्तर्गत नागरिकलाई निशाना नबनाउन र इजरायली सेनाको कारवाहीमा प्यालेस्टिनी घरमाथि तोडफोड नगर्न सहमति बनेको छ ।

दुवै पक्षबाट उल्लङ्घनका रिपोर्ट आए पनि अहिलेसम्म युद्ध विराम प्रभावकारी देखिएको छ । सङ्घर्ष विरामको घोषणा पछि प्यालेस्टिनी जनता उत्सव मनाइरहेको खबर र तस्बिर सार्वजनिक भएको छ ।

शनिवार साँझ युद्ध विराम लागू भएको केही समयपछि गजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दुई वटा रकेट प्रहार गरिएको इजरायलको सेनाले जनाएको छ ।

इजरायलको सेनाले जवाफमा आफूले पनि यसको जवाफमा हवाई आक्रमण गरेको जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप