आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाद्वारा १ सय २६ छात्राहरुलाई साइकल वितरण

आइतबार, ३१ वैशाख २०८०, १३ : ४२
आइतबार, ३१ वैशाख २०८०

भरतपुर । छात्रासँग मेयर कार्यक्रम अन्तरगत भरतपुरका १ सय २६ छात्राहरुलाई साइकल वितरण गरिएको छ । छात्राहरुलाई शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यले ०७६ सालदेखि यो कार्यक्रम लागु गरिएको थियो ।

 आइतबार एक कार्यक्रका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छात्राहरुलाई साईकल वितरण गरिन् । महानगरपालिकाले ६ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राहरुलाई साईकल वितरण गरिएको महानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ ।
महानगरपालिकाले यस अघि २२ वटा वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको छ भने वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडि टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याईएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप