आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको बाँडफाँट

आइतबार, ३१ वैशाख २०८०, १३ : ४७
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को आइतबार बाँडफाँट गरिएको छ । गत बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम भएको थियो । सोही आवेदनअनुसार  आइतबार फन्डको बाँडफाँड प्रकृया पुरा भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरुप्रति आभार प्रकट गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप