आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशकी प्रधानमन्त्री हसिनासँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

आइतबार, ३१ वैशाख २०८०, १७ : ५३
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटका छन् । बंगलादेशको ढाकास्थित गणभवनमा आइतबार परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री हसिनासँग भेटवार्ता गरेका हुन् । 

उनीहरुबीचको भेटवार्ताका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव दिपक जोशीले बताए ।

उनका अनुसार साउदले सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिएका थिए ।

‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश गएका थिए । त्यहाँ उनले राजनीतिक भेटघाट पनि गरिरहेका छन् । 

शुक्रबार ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको भएको थियो । शनिबार सिंगापुरका विदेशमन्त्री डा. मोहम्मद मलिकी बिन उस्मान परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप