आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

हात हल्लाउँदै सरकारी वकिल कार्यालय पुगे रायमाझी, तस्बिरहरू

सोमबार, ०१ जेठ २०८०, १४ : ५९
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लामो समयसम्म प्रहरीको फन्दाबाट भागेर बसे । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार साँझ प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । 

अर्घखाँचीबाट ‘काठमाडौँ आउँछु’ भनेर वचन दिएका रायमाझी बुटवलबाट फरार भएका थिए । रायमाझी वैशाख ३० गते मात्र काठमाडौँ आएका थिए । काठमाडौँ आएर उनी आफन्तको घरमा लुकेर बसेका थिए ।

प्रहरीले सोमबार रायमाझीलाई म्याद थपका लागि बबरमहलस्थित सरकारी वकिल कार्यालय पुर्‍याएका थिए । प्रहरीको गाडीबाट उत्रने बित्तिकै हँसिलो मुद्रामा देखिएका रायमाझीले पत्रकारसमक्ष हात हल्लाउँदै तस्बिर खिचाएर कार्यालयभित्र प्रवेश गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै सार्वजनिक भइरहँदा टोपबहादुरको शैली भने फरक देखिएको थियो ।

top bahadur rayamajhi 3top bahadur rayamajhi 4top bahadur rayamajhi 5top bahadur rayamajhi 6

top bahadur rayamajhi 2top bahadur rayamajhi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप