आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राधिका सरथकुमार : २ सम्बन्ध विच्छेद, ३ विवाह, प्रेमका लागि देश छोडिन्; चुकाउनु पर्‍यो भारी मूल्य

सोमबार, ०१ जेठ २०८०, १५ : ००
सोमबार, ०१ जेठ २०८०

ऋषि कपूर र फराह नाजद्वारा अभिनीत सन् १९८६ को फिल्म नसीब अपना–अपना याद छ ?  यो फिल्ममा ऋषि कपुरले दुई विवाह गरेका थिए । उनको एउटा विवाह एरेन्ज म्यारिज थियो भने अर्को प्रेम विवाह थियो । फिल्मको सबैभन्दा रमाइलो पक्ष यो थियो कि उनकी जेठी श्रीमतीलाई जति ‘अनपढ’ र ‘कुरुप’ देखाइएको थियो, उनकी सुन्दर र बुद्धिमान कान्छी श्रीमती फराह नाज थिइन् । फिल्ममा राधा सिंहको भूमिका फराह नाज र ऋषिले किशन सिंहको भूमिका निभाएकी छिन् । यो यादगार फिल्ममा ऋषिकी जेठी श्रीमती चन्दाको भूमिका साउथकी सुन्दर अभिनेत्री राधिका सरथकुमारले निभाएकी थिइन् । यो भूमिकामार्फत् उनले धेरैको मन जितेकी थिइन् । 

चन्दाको भूमिकामा राधिकालाई मानिसहरूले यति मन पराए कि मानिसहरूले फराह नाजलाई बेवास्ता गरे । राधिकाको लुक, उनको बोल्ने शैली र कपालको स्टाइललाई दर्शकले आजसम्म पनि बिर्सेका छैनन् । यो फिल्ममा राधिकाले फराह नाजकी सौतेनीको रूपमा आफ्नो जीवन बिताएकी थिइन् । उनले फिल्ममा धेरै मेहनतपछि श्रीमानको माया पाएकी थिइन् ।  राधिकाको वास्तविक जीवनमा पनि यस्तै घटना भएको थियो । उनले निकै मुस्किलले आफूलाई बुझ्ने जीवनसाथी पाइन् । 

राधिकाको पहिलो विवाह

फिल्मी घरानाकी राधिका अभिनेता राजगोपालन राधाकृष्णनकी छोरी हुन् । राधिका आफ्नो बलिउड डेब्यु गर्नु अघि नै विवाहित थिइन् । उनले सन् १९८६ मा आफ्नो बलिउड डेब्यु गरेकी थिइन् । उनको विवाह सन् १९८५ मा भएको थियो । राधिकाको पहिलो विवाह साउथका चर्चित अभिनेता, लेखक र निर्माता प्रताप पोथेनसँग भएको थियो । यद्यपि, यो विवाह केही महिनामा नै टुट्यो । राधिकाले जुन वर्ष हिन्दी फिल्ममा कदम राखिन् त्यही वर्ष उनको प्रताप पोथेनसँग सम्बन्ध विच्छेद भयो ।

राधिकाको दोस्रो विवाह

प्रताप पोथेनसँग सम्बन्ध विच्छेदपछि राधिका एक पटक पुनः प्रेममा परिन् । यस पटक उनले बेलायतमा बस्ने रिचर्ड हार्डीसँग विवाह गरिन् र भारत छोडेर लन्डन गइन् । यो विवाह सन् १९९० मा भएको थियो । यो विवाहबाट उनकी एक छोरी रेयान हार्डी छिन् तर छोरी जन्मिएपछि उनको वैवाहिक जीवन ध्वस्त भयो । रिचर्डले राधिकालाई गाली गलौजका साथै कुटपिटसमेत गर्न थाले, त्यसैले राधिकाले रिचर्डसँग छुट्टिने निर्णय गरिन् । यसरी विवाह गरेको दुई वर्षपछि राधिकाको दोस्रो विवाहसमेत टुट्यो । त्यसपछि राधिका आफ्नो छोरीसँग पुनः भारत फर्किइन् ।

राधिकाको तेस्रो विवाह

रेयान हार्डीसँग सम्बन्ध विच्छेदपछि सन् २००१ मा राधिकाले दक्षिणका चर्चित अभिनेता तथा राजनीतिज्ञ आर सरथकुमारसँग विवाह गरिन् । सरथकुमार पहिले नै विवाहित थिए र दुई सन्तानका पिता थिए तर राधिकाले उनकी दोस्रो श्रीमती बन्ने निर्णय गरिन् र यी दुईले विवाह गरे । आज आर सरथकुमारसँग राधिका निकै खुसी छिन् ।

सन् २०१४ मा राधिका एकाएक चर्चामा आएकी थिइन् । त्यति बेला उनीमाथि चेक बाउन्सको आरोप लागेको थियो । उनको कम्पनी म्याजिक फ्रेम्सले रेडियन्स मिडिया प्राइभेट लिमिटेडबाट केही पैसा लिएको थियो । यसलाई उनले चेकमार्फत फिर्ता दिएका थिए । सन् २०१७ मा दिइएको चेक बाउन्स भएको थियो । त्यसपछि उनीमाथि करोडौँको उधारो लिएको आरोप लागेको थियो । यो मामिलामा विशेष अदालतले राधिका र उनका श्रीमान् आर सरथकुमारलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप